April 26, 2009

कांग्रेसले आज पनि सदन अवरोध गर्ने

Filed under: National News

व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध हुने भएको छ। प्रधानसेनापतिमाथिको कारबाही प्रक्रिया स्थगन नगरेको विरोधमा नेपाली कांग्रेसले आज पनि सदनको नियमित काम कारबाही अवरुद्ध गर्ने जनाएको हो ।
(more…)

झडपपछि उदयपुरमा कर्फ्यु, कैलालीका सात गाविसमा आगजनी

Filed under: National News

आन्दोलनमा उत्रेका थारुहट कार्यकर्ता र प्रहरीबीच गएराति उदयपुरको त्रियुगा नगरपालिका-१० कुमारी चोकमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। गाइघाट कदमाहा सडक खण्डअन्तर्गत त्रियुगा पुलदेखि राति ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो । (more…)

सेनापति कटुवालमाथि कार्वाहीको माग गर्दै दुताबास जेनेभामा ज्ञापनपत्र

Filed under: Prawasi

स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको हकहितका लागि र नेपालमा सामन्तबाद, विस्तारवाद र साम्राज्यबादको बिरुद्धमा लामो समयदेखि निरन्तर संघर्ष गर्दै आईरहेको संगठन नेपाली ऐक्यवद्धता मंच ९नेसोफ स्विस० स्विट्जरल्यान्डले २४ अप्रिल २००९ शुक्रबारका दिन जेनेभास्थित नेपाली दुताबासमा प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै एक बिरोध कार्यक्रमको आयोजना गरी नेपाली दुताबासका महामहिम राजदुत डा. दिनेश भट्टराई मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र बुझाएको छ।
(more…)

एमालेले सेनापति प्रकरणमा आज धारणा सार्वजनिक गर्ने

Filed under: Top Story

प्रधानसेनापति प्रकरणमा पार्टीको आधिकारिक धारणा बनाउन सत्तारुढ नेकपा एमाले स्थायी कमिटि बैठक आज पुनः बस्ने भएको छ। बैठक बिहान ८.३० बजे पार्टी मुख्यालय बल्खुमा बस्ने एमालेले जनाएको छ। माओवादीले प्रधानसेनापतिमाथि कारबाही प्रक्रियालाई अघि बढाउन एमालेको निर्णय पर्खिएकाले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । (more…)

April 25, 2009

आज मातातिर्थ औशी, आमाको मुख हेर्ने दिन

Filed under: Top Story

काठमाडौं, बैशाख १२-  आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औसी । आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर माता तिर्थ औसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशिर्बाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान सहित भोजन गर्राई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्छन् ।

आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डूको थानकोट मातातिर्थमा प्रसिद्ध मेला लागेको छ । मातातिर्थ मन्दीरमा बिहानैदेखि स्नान गर्नेहरुको भिड लागेको छ । मेलालाई व्यवस्थित गर्न ३ सय स्वयंसेवक खटाइएको छ । सुरक्षाका लागि थानकोट, बलम्वु, मातातिर्थबाट प्रहरी परिचालन गरिएको माता तिर्थ संरक्षण तथा बिकास संस्थाका सचिव भाइकृष्ण बलामीले बताउनु भयो ।

नेपालको विजयी सुरुवात

Filed under: Sports

काठमाडौं, बैशाख १०- कुवेतमा सञ्चालित एसीसी यू-१९ एलिट कप क्रिकेट प्रतियोगितामा नेपालले सफल सुरुवात गरेको छ । नेपालले बुधबार भएको समूह’क’ को पहिलो खेलमा साउदी अरेबियालाई एक सय ३२ को विशाल रन अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभरमा दुई सय ३३ रनको योगफल खडा गर्‍यो ।दुई सय ३३ रनको योगफल पछ्याउने क्रममा साउदी अरेबिया ३८ दशमलव ३ ओभरमा केवल ९६ रनमा समेटियो । नेपालको जितमा यसपटक अमृत भट्टर्राईको महत्वोपूर्ण योगदान रहयो ।

खेलको म्यान अफ द म्याचसमेत बनेका अमृतको व्यक्तिगत ८२ रनको मद्दतले नेपालको शानदार योगफल बनाउने सपना साकार भएको थियो । अर्का आक्रामक ब्याट्सम्यान रोम श्रेष्ठले ३२ रनको योगदान गरे भने चन्द्र सुदले २८ रन जोडे ।

साउदी अरेबियाका अलि जामानले र्सवाधिक २० रन बनाए । नेपालका अनिल मण्डलले नौ रन खर्चेर दुई विकेट लिए भने साउदी अरेबियाका वकासले ३५ रन खर्चेर पाँच विकेट हात पारे ।

चारपटकको विजेता रहेको नेपालले शुक्रबार आफ्नै समूहमा रहेको हङकङको सामना गर्नेछ ।

एनआरएन जापानद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Filed under: Prawasi

काठमाडौं, बैशाख १२-  गैर आवासिय नेपाली संघ (एनआरएन)का जापानका अध्यक्ष भवन भट्टले नेपाल भ्रमणको क्रममा गैरआवासिय नेपालीहरुको समस्याको वारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी ज्ञापनपत्र बुझाउनु भएको छ ।


नेपलिज विजनेश एसोसिएसन-एनविए जापानका पनि अध्यक्ष रहनु भएका भट्टले आफ्नो साता ब्यापी नेपाल भ्रमणको अवसरमा प्रधानमन्त्री दाहालको अलावा अर्थमन्त्री डा. बाबुराम भट्टराई तथा संम्बैधानिक समितिका सभापति तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपलालाई भेटि दोहोरो नागरिकता, आमाको नामबाट नागरिकता पाउनु पर्ने तथा दोहोरो कर प्रणाली हटाउनु पर्ने लगायतका बिषयहरुमा छलफल गर्नुका साथै उहाँहरुलाई  छुट्टा-छुट्टै ज्ञापनपत्र बुझाउनु भयो।


टिवीआइ जापानका अध्यक्ष भट्टले यसै क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीसँग पनि भेट गर्नु भयो । त्यस अवसरमा उहाँहरु बीच एनआरएनको लगानी तथा समस्याका सम्बन्धमा दुई पक्षिय पहल गरि अगाडि बढने सम्बन्धमा छलफल गर्नु भएको थियो । नेपाल भ्रमणका अवसरमा युवा ब्यवसायी तथा समाजसेवि भट्टलाई Todays’s Youth Asia ले  Youth Achievement Award 2009  बाट सम्मानित गरेको थियो ।

Kajol, Karan Johar at loggerheads

Filed under: Gossips

Shahrukh Khan – Kajol starrer My Name Is Khan, directed by their best buddy Karan Johar seems to be spoiling relations between Kajol and Karan. They are said to be at loggerheads following disagreement on shooting abroad.

A source reveals, “One big schedule of the film has already been wrapped up in the USA before Shahrukh’s shoulder surgery. Karan shot some portions of the film in Mumbai’s Borivili area with Slumdog Millionaire child actor Tanay Chheda who plays Shahrukh’s childhood part. Post Shahrukh coming back from his IPL 2 commitments from South Africa, there is yet another schedule being planned for the US. But Kajol it seems is not too keen on shooting out of India, as she has to leave her daughter Nysa back home who goes to school.

“So while the shooting in Mumbai in June coincided with Nysa’s school days, Kajol had no problems. But Karan also has to shoot some more sequences in New York, which Kajol is refusing to oblige with. She was informed that there would be only one schedule in the US, which she had agreed. But now since Karan wants to go back for whatever reasons, Kajol is adamant and just won’t.”

Another insider reveals, “Karan expects that his good friend understands his problem but Kajol wants him to shoot these portions in Mumbai itself on specially built sets. But Karan being Karan just doesn’t want to compromise on such things. So now that’s a deadlock even the King Khan might not be able to resolve.”

प्रधानमन्त्रीको चीन भ्रमण स्थगित

Filed under: Top Story, National News

काठमाडौं, बैशाख १२- आउँदो १९ गते देखि हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । देशमा उत्पन्न राजनीतिक गतिरोधका कारण प्रधानमन्त्रीले भ्रमण स्थगित गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

 

राजनीतिक सहमतिका आधारमा भ्रमणको अर्को मिति तय गरिने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा यातायात र विकास निर्माण सम्बन्धी सम्झौता गर्ने कार्यक्रम तय भएको थियो ।

काठमाण्डूमा दुइ दिने जलउर्जा सम्मेलन

Filed under: Business

काठमाडौं, बैशाख १२-  जलविद्युत उत्पादन र वितरण क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले काठमाण्डूमा दुई दिने जलउर्जा सम्मेलन हुँदैछ । सम्मेलनमा भारतबाट ६१ सहित २ सय ५० भन्दा धेरैले भाग लिनेछन् ।

भारतीय संस्थार् इण्डिया टेक फाउण्डेसनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सहआयोजनामा सम्मेलन हुन लागेको हो । १० वर्षा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य अनुसार नेपालमा काम गर्ने संभावना देखिएकोले नयाँ योजना सुरु गर्ने अवस्था र आउन सक्ने बाधाका बारेमा छलफल हुनर्ेर् इप्पानका अध्यक्ष सन्दीप शाहले जानकारी दिनुभयो ।