प्रधानसेनापति प्रकरणमा पार्टीको आधिकारिक धारणा बनाउन सत्तारुढ नेकपा एमाले स्थायी कमिटि बैठक आज पुनः बस्ने भएको छ। बैठक बिहान ८.३० बजे पार्टी मुख्यालय बल्खुमा बस्ने एमालेले जनाएको छ। माओवादीले प्रधानसेनापतिमाथि कारबाही प्रक्रियालाई अघि बढाउन एमालेको निर्णय पर्खिएकाले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । (more…)
एमालेले सेनापति प्रकरणमा आज धारणा सार्वजनिक गर्ने
आज मातातिर्थ औशी, आमाको मुख हेर्ने दिन
काठमाडौं, बैशाख १२- आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औसी । आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर माता तिर्थ औसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशिर्बाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान सहित भोजन गर्राई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्छन् ।
आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डूको थानकोट मातातिर्थमा प्रसिद्ध मेला लागेको छ । मातातिर्थ मन्दीरमा बिहानैदेखि स्नान गर्नेहरुको भिड लागेको छ । मेलालाई व्यवस्थित गर्न ३ सय स्वयंसेवक खटाइएको छ । सुरक्षाका लागि थानकोट, बलम्वु, मातातिर्थबाट प्रहरी परिचालन गरिएको माता तिर्थ संरक्षण तथा बिकास संस्थाका सचिव भाइकृष्ण बलामीले बताउनु भयो ।
प्रधानमन्त्रीको चीन भ्रमण स्थगित
काठमाडौं, बैशाख १२- आउँदो १९ गते देखि हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । देशमा उत्पन्न राजनीतिक गतिरोधका कारण प्रधानमन्त्रीले भ्रमण स्थगित गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
राजनीतिक सहमतिका आधारमा भ्रमणको अर्को मिति तय गरिने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा यातायात र विकास निर्माण सम्बन्धी सम्झौता गर्ने कार्यक्रम तय भएको थियो ।
About Us
Welcome to ABCsamachar News Service. It is an online news service, run by Nepalese community. www.abcsamachar.com is a web portal of ABCsamachar News Service. It is dedicated to provide hot news, opinion as well as information to target our valuable viewer.
This site has added more value by broadcasting News bulletin and all current affair shows and can even get connected with most popular FM station of the Nation directly. To go a step further, the site has sections like emusic, ebazaar, model watch, photo-features, city -lifestyles etc to cater the local market. This website has allotted a special section for Non-resident Nepalese so that they get connected to their home country via this site. This pioneering attempt by abcsamachar is bound to integrate the local diaspora with their homeland more effectively.
ABCsamachar has been designed to target to target all the Global viewers who has deep interest in Nepal. This is an attempt made by ABCsamachar to keep up with the tide of time and to introduce and provide modern look to the concept of local media in Internet Technology.
