April 26, 2009

कांग्रेसले आज पनि सदन अवरोध गर्ने

Filed under: National News

व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध हुने भएको छ। प्रधानसेनापतिमाथिको कारबाही प्रक्रिया स्थगन नगरेको विरोधमा नेपाली कांग्रेसले आज पनि सदनको नियमित काम कारबाही अवरुद्ध गर्ने जनाएको हो ।
(more…)

झडपपछि उदयपुरमा कर्फ्यु, कैलालीका सात गाविसमा आगजनी

Filed under: National News

आन्दोलनमा उत्रेका थारुहट कार्यकर्ता र प्रहरीबीच गएराति उदयपुरको त्रियुगा नगरपालिका-१० कुमारी चोकमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। गाइघाट कदमाहा सडक खण्डअन्तर्गत त्रियुगा पुलदेखि राति ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो । (more…)

April 25, 2009

प्रधानमन्त्रीको चीन भ्रमण स्थगित

Filed under: Top Story, National News

काठमाडौं, बैशाख १२- आउँदो १९ गते देखि हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । देशमा उत्पन्न राजनीतिक गतिरोधका कारण प्रधानमन्त्रीले भ्रमण स्थगित गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

 

राजनीतिक सहमतिका आधारमा भ्रमणको अर्को मिति तय गरिने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा यातायात र विकास निर्माण सम्बन्धी सम्झौता गर्ने कार्यक्रम तय भएको थियो ।